नेपाल सरकार

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

पर्यटन विभाग

व्यावसायिक र सृजनशील प्रशासन,विकास, समृद्धि र सुशासन

आन्तरिक प्रशासन तथा साहसिक पर्यटन शाखा

आन्तरिक प्रशासन तथा साहसिक पर्यटन शाखा

यस शाखालाई तोकिएका कामहरु यसप्रकार छन्ः

 

  • 1)    विभाग को लागि आवश्यक जनशक्ति योजना सहित दरवन्दी सिर्जना, दर्ता, दरवन्दी विवरण र माग सम्बन्धी कार्य,
    2)   विभाग को लागि पदपूर्ति भै आएका कर्मचारीको नियुक्ती, पदस्थापना, सरुवा, बढुवा, राजीनामा, विभागीय कारवाही, कर्मचारी खटनपटन सम्बन्धी कार्य,
    3)    पद विवरण, पद संकेत, कार्य विवरण सम्बन्धी कार्य,
    4)    स्वदेशी र विदेशी, अध्ययन, तालीम, गोष्ठी, सेमिनार, कार्यशालामा मनोनयन सम्बन्धी कार्य,
    5)    कार्य सम्पादन मूल्यांकन, निजामति सेवा र अन्य प्रोत्साहित पुरस्कार सम्बन्धी कार्य,
    6)    कर्मचारीहरुको हाजिरी, विदा, व्यक्तिगत विवरण अद्यावधिक सम्बन्धी कार्य,
    7)    विभागको दर्ता, चलानी, आन्तरिक सञ्चार, जनसम्पर्क, विद्युतिय शासन सम्बन्धी कार्य,
    8)    विभागको भवन र उपयुक्त कार्यकक्षको व्यवस्था, हाताभित्र मर्मत, सरसफाई, सुरक्षा, आवश्यक सेवासुविधा उपलब्ध गराउने कार्य,
    9)    जिन्सी सामानको उपलब्धी, संचय, वितरण र तत्सम्बन्धी स्रेस्ता दुरुस्त राख्ने कार्य,
    10)    उत्सव, महोत्सवमा दीपावली, सजाउने, राष्ट्रिय झण्डाको रेखदेख सम्बन्धी कार्य,
    11)    विभाग मातहत कार्यालयहरुको निरीक्षण, सुपरिवेक्षण सम्बन्धी कार्य,
    12)    विभाग र मातहतका कार्यालयहरुको मौजुदा काम र संगठनको अध्ययन, विश्लेषण, समायोचित, पुनरावलोकन, सुधार सम्बन्धी कार्य,
    13)    पर्यटन प्रबर्द्धन सम्बन्धी योजना र कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने,
    14)    आन्तरिक र बाह्य रुपमा पर्यटन प्रबर्द्धनका कार्यक्रमहरु संचालन गर्ने,
    15)    पर्यटन प्रबर्द्धनमा संलग्न नेपाल पर्यटन बोर्ड लगायत स्वदेशी र विदेशी संघ संस्थाहरुसंग समन्वय, साझेदारी र सहकार्य गर्ने,
    16)    साहसिक पर्यटन र अन्य पर्यटकीय सेवाहरु सम्बन्धी कार्य गर्ने ।
    17)    र्याफ्टिङ एजेन्सी दर्ता, नवीकरण, वर्गीकरण, नियमन, सुविधा सिफारिस सम्बन्धी कार्य ।

..............................................

लेखाले गर्ने कार्य:

1)    विभागको वार्षिक बजेट अनुमान, तर्जुमा, छलफल सम्बन्धी कार्य,
2)    अख्तियारी दिने, रकमान्तर, स्रेस्तान्तर सम्बन्धी कार्य,
3)    आर्थिक प्रशासन सम्बन्धी विषयमा राय दिने कार्य,
4)    आर्थिक प्रशासनसंग सम्बन्धित ऐन, नियम, आदेश, परिपत्र, निर्णयको परिपालना सम्बन्धी कार्य,
5)    विभागको आर्थिक कारोवार संचालन र बेरुजु फर्छ्यौट सम्बन्धी कार्य,
6)    विनियोजन, राजश्व, धरौटीको कारोवारको संचालन गर्ने र सोको हिसाव रितपूर्वक राख्ने, राख्न लगाउने, आन्तरिक लेखापरीक्षण गराउने कार्य,
7)    आर्थिक कारोवारको प्रगति प्रतिवेदन तयार गर्ने र पठाउने कार्य,
8)    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, अर्थ मन्त्रालयमा, महालेखा नियन्त्रक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र मातहत कार्यालयसंग आर्थिक प्रशासनका विषयमा   समन्वय राख्ने ।
9)    आर्थिक प्रशासन सम्बन्धी अन्य कार्यहरु गर्ने ।

29th Mar 24 01:13:40

2020 All Rights Reserved Terms of Use and Privacy Policy

Site Visited
2033430